Total Pageviews

Wednesday, January 17, 2018

पर्व बाट शिक्षा,हाम्रा नानीहरुलाई

माघेनी पर्वको खुशीमा  पोते र कण्ठ देखाउनु हुँदै भाञ्जीहरु

मामा! गुरुङ,मगर,राई,लिम्बु,तमाङ,श्रेष्ठ,शेर्पा,सुनुवार,मल्ल,खस-आर्य र दलित यि समुदाय सबै एकै  लाग्थ्यो सिङ्गापुरमा बस्दा । अनबिज्ञ थिए म। तर नेपाल आए पछि बल्ल थाहा पाए । नेपालका जात-जाती र ऋतिरिवाजको बारेमा । भनाई हो सिङ्गापुरे भान्जा S/O 9140   राष्ट्रिय पर्व माघे संक्रान्ति,ल्होसार,सोनाम ल्होसार,साकेला,चासोक र तीज पर्वको भेषभुषा र गरगहना आफैले पहिरिएको अनुभव बाट हाम्रा नानीहरुले आफ्नो समुदायको भेषभुषा लगाउनु पाउदा हाँसी खुशी भएर दंग भएको देख्छु।

राष्ट्रिय पर्व माघे संक्रान्ति पर्व मनाई रहदा कस्तो महशुस हुँदै छ भनि सोधे Undergraduate अध्ययन गरिरहेका भाञ्जी र भाञ्जालाई । मुसुक्क हाँस्नु हुनुहुँदै गरगहणा देखाउदै बताईन् भान्जिले मामा! मैले पहिरेकी यि गहणाहरु र भेषभुषा पहिलो पटक लगाउदा गर्व र खुशीको ठाउ छैन् । बल्ल थाहा पाए माघेनीमा कस्तो भेषभुषा र खान्की खाई मनाउदा रहेछ भनेर। भाञ्जीले कुरा सक्ने बित्तिकै भाञ्जाले थप्दै भने पहिलो पटक भाङ्ग्रा लगाउदा मेरो पनि खुशी भएको ठाउ छैन्। पुरुष र महिलाले कस्ता पहिरण लगाउदा रहेछ भन्ने कुरा यहाँको महोल बाट जान्न पाईयो। Sec-4 अध्ययन गरिरहेका भान्जाहरुको  अगाडि पुग्दा खुशीले भाङ्ग्रालाई देखाउदै Happy माघे संक्रान्ति भन्दै एक साथ खुशीको बुलन्दको आवाज सुनाए। हामीले हाम्रा  बालबच्चका लागि बिशेष ध्यान राखेर अभिवाकहरुले  माघेनी पर्व मनाउको लागि तयार गरेका थियौ। यसपालीको माघे संक्रान्ति पर्व असाध्य रमाईलो गरि मनाए हाम्रा नानीहरुले। अाशा छ माघेनी पर्व बाट केहि शिक्षा लिन सफल भए होलान् । 

आफ्ना नानीहरु संग तस्विर खिच्न पाउदा मख्ख देखिन्छन् अभिबावकहरु 


 आफ्ना अर्धाङ्गिनीको साथ हर्षि मुद्रामा


  गाउटोलका साथीहरु संग सामुहिक तस्विर खिच्न लाग्दै


 अभिबावकहरु आफ्ना नानीहरु संग तस्विर खिच्ने पछि टोलका साथीहरु संग


अभिबावकहरु आफ्ना नानीहरु संग तस्विर खिच्नका लागि पालो पर्खनु लाग्दै 
  वालबच्चा संग  तस्विर खिच्नु लाग्दै ।


  भेषभुषाको ज्ञान दिन पाउदा प्रसन्न मुद्रामा अभिबावक।


 पर्वले जीवनमा खुशी ल्याउछ।
    पर्वमा खुशी हुने काईदा
प्रफुलित मुद्रामा अभिबावक आफ्ना नानीहरुको साथमा
 पर्वले दाम्पत्य जीवनमा खुशी तुल्याउछ


 प्रफुलित मुद्रामा
 पर्व मनाउका लागि आउनु हुँदै अभिबावकहरु


चाँड पर्वले गाउटोलका ईष्टमित्रहरु संग भेटघाट गर्ने अवसर ल्याउने गर्छ 
पर्वको खुशीयालीमा आफ्ना अर्धाङ्गिनीको साथमा टोलबासीहरु
पर्व मनाउनका लागि छरछिमेकीहरु आफ्ना नानीहरुको साथ
 पर्वको खुशीयालीमा  बालबच्चाको साथमा अभिबावक





 साँस्कृतिक नृत्य अवलोकनमा रमाउनु हुँदै


 पर्वको बिशेषता भनेकै खुशी तुल्याउने हो


 पूजा गर्नु हुँदै 










भाञ्जाहरु प्रफुलित मुद्रामा
 साँस्कृतिक कार्यक्रमको प्रस्तुति पर्खदै 

 छरछिमेक र टोलबासीहरु गफगाफ गर्नु हुँदै
 मौलिक नृत्यको आनन्द लिनु हुँदै बालबच्चाको साथमा अभिबावकहरु
 मौलिक नृत्य प्रस्तुत गर्नु हुँदै अभिवाक आफ्ना नानीहरुका लागि
 पर्वको खुशीयालीमा भलाकुसारी गर्दै
 पर्वको भरपुर मोज गर्नु हुँदै अभिबावक आफ्ना नानीहरु संग
  अभिबावकहरुको मौलिक नृत्य नियाल्नमा आतुर हुदै 
 अभिबापकहरु आफ्ना नानीहरु लाई पर्वको महत्व बुझाउदै


Saturday, January 13, 2018

Great Himalaya Trail (Day 28 Goru Saine) Jumla

Great Himalaya Trail (Day 28 Goru Saine)
Day-28
Great Himalaya Trail
Rara Lake to Goru saine (Jumla)
08 August 2016

मुगु र जु्म्लाको सिमावर्ती चुच्चेमारा लेकमा हामी

अडिलो खाजा खायौ। ५दिन बसेको 19500 रुपैयाँ तिर रारा ताल बाट 0930Hrs भिलेज होटलका हेम भाई र उहाँका २ जना सहयोगी साथीहरु संग हात मिलाई बाटो लाग्यो जुम्लाको सदरमुकाम तिर। घाम लागेको थिएन्। रारा ताललाई वाई वाई भन्दा मन बेखुशी भएको थियो। रारा ताल शान्त देखिन्थ्यो। मुगुको खोचबाट सेतो कुहिरोको टुकडी उड्दै रारा तालमा ढलपल ढलपल गर्दै देखिन्थ्यो। निकुञ्जका नेपाली सेना कसरत गर्दै गरेका देखिन्थे। रारा ताल लाई बिछोड गर्न मन थिएन् तर के गर्ने पदयात्री हामी ताप्लेजुङ पुग्ने गन्तब्य थियो। रारा तालको पानी निकास भएको स्थान  देखि शुरु हुन थाल्यो हिलोको बाटो। उफ्रिदै हिड्दै गर्दा बाटामा ३वटा घर देख्यौ। होटल लेखिएका साईनबोर्ड पनि झुण्डिएका थिए। कोल्टी र चुच्चेमारा लेक जाने बाटोको संकेत देख्यौ त्रिलोक खोला र रारा खोलाको दोभानमा पुग्दा ।
 स्वाँदिष्ठ खाना खुवाउने हेम भाई र उहाँका साथीहरु संग बिदाई हुनु पुर्व सामुहिक तस्विर 

चुच्चेमारा जाने बाटो रोज्यौ हामीले। सल्लाघारीको घुमाउरो र उकालो बाटोमा हिड्न थाल्यौ कछुवाको गतिमा। पसिनाले लोथ बनाएको  थियो उकालो बाटोमा । ठाउ ठाउमा बिसाउनी पहेलो रंगले पोतेको कटेरो भेटिन्थे। पानी पिउदै आराम गर्थ्यौ। मुल फुटेकाले बाटोमा पानी बगिरहेका थिए। बाक्लो सल्लाघारीको उकालो बाटोमा कछुवा गतिमा उक्लि रहयौ। थाकेर यति लोथ भएका थियौ बयान गरेर सकिन्न। दुःख कष्ट भए पनि गजबको अनुभुति भईरहेका थियौ। रमाई रहेका थियौ । पदयात्रा अन्त्य गरि काठमाण्डु फ‍र्क्यौ भन्ने सोच पट्क्कै भएको थिएन्। गाई बस्तु चरिरहेका देखिन्थे पाटन तिर ।उक्लि रहदा एक जना मुर्मा गाउका भाई गाई बस्तु पाटन छोडी घर फर्किदै गरेका भेट्यौ। चुच्चेमारा लेक आईपुग्न लाग्यो भन्दा खुशीले चौप्ट भयौ । चुच्चेमारा देखि गोरुसैन्य आधा घण्टामा पुगिन्छ भने ति भाईले हामीलाई। बाक्लो जङ्गलको शान्त वतावरण भित्र थाकेर लोथ भएर बिसाउदै उक्लिदै गर्दा सुर्खेत बाट दुई जना पुरुष छाँयानाथ हिमाल दर्शन गर्नका लागि भेटिए। क्यामरा भिरेको देखे पछि फोटो खिच्दिन बिन्ति गरे। २ क्लिक खिचि दिए। फोटो हेरे रमाईउदै लागे।

थकानले लोथ भए पनि किसोर सर मन्द मुस्कान छर्नु हुँदै। बिशाल भान्जा थकित मुद्रामा

चुच्चेमारा लेक देख्न थाल्दा मन फुरुङ्ग भएर आयो। भेडा च्याङ्ग्रा घोडा पाटनमा चरिरहेका देख्यौ। खुईया गर्दै चुच्चेमारा लेकको चुचुरोमा लम्फु भएर पुग्यौ । प्राकृति सौन्दर्यले देखेर खुशीले बुर्कुसी लगायौ। आकर्षित आकृतिमा रारा ताल देख्दा भ्याँट कि भ्याट फोटो खिच्यौ।चारैतिर नियाल्दा भिन्ना भिन्नै मोहित पार्ने दृष्य देखिए। कतै पाटन कतै बाक्लो जङगल र क्षितिज संग हाँस्दै बसेको छाँयानाथ हिमाल। थकान मिलिक्कै भुल्यौ । रमाउदै गर्दा कुहिरोको हुलले जिस्काउन थाल्यो हामीलाई। घाम पानीको रतौली देखिन थाल्यो रारातालमा । NTC को नेटवर्क टिपेकाले बिशाल भान्जाले फेसबुकमा फोटो हाल्नु भयो । आधा घण्टा चुच्चेमारा लेकमा प्राकृति सौन्दर्यको भरपुर आनन्द लियौ। चुच्चेमारा लेक बाट बाटो ओरालो थियो। गोरुसैन्य तिर ओर्लदै गर्दा ठुलो पानी पर्न  थाल्यो । गोदनु सम्म गोदयो पानीले। रातो माटो भएकाले हिड्न गाह्रो भयो। चिपल्यो भने सिधै खोजमा सधैको लागि हुने बाटो थियो ।शंखे किराको गतिमा झर्यौ। सिमा स्तम्भ गाँडेर राखेको जस्तै आकृतिमा पाखैभरि चुच्चा ढुंगाहरु उभिएका देख्दा अचम्मित भयौ। फोटो खिच्यौ। गोरुसैन्यमा 1500Hrs पुग्यौ। पानी रहि सकेको थियो। ओडारमा होटल थापेका बसेका रहेछन् श्रीमान श्रीमतीले। रारा निकुञ्ज सिमावर्ती क्षेत्र भित्र पर्ने रहेछ गोरु सैन्य खोच। खोलामा धमिलो पानी बग्दै  थियो। जडिबुटिको चिया पिउदै गर्दा ३जना खर्कबाट रक्सी पिउनका लागि गोठाले आए।गफगाफको क्रममा चोरी शिकारीको निक्कै भएको थियो द्वन्दका बेलामा रारा निकुञ्ज भित्र दुर्लभ जडिबुटीहरु भन्ने पनि सुन्न पायौ । साँझ पर्न  लाग्दा पानी पर्न थाल्यो। अगेनामा किशोर र बिशाल भान्जा ज्यान तातो बनाउन लोकल पिउनु थाल्नु भयो। मैले जडीबुटीको चिया पिउदै गफगाफ गर्दै बस्यौ साहु र साहुनी संग। यात्राका दुःख सुखका गफ गर्दै गर्दा साहुजीले हामीत जङ्गली भयौ। नेपालीले पनि घुम्नु र हेर्नु पर्छ राराताल । बिदेशीले मात्र कति हेर्ने भन्दै फुर्काए हामीलाई। मुगुको गमगढी सडक नपुग्दा खच्चरले यहि बाटो समान ढुवानी गर्थे निक्कै घुईचो हुन्थ्यो पहिले । अहिले बिदेशी र स्वदेशी पर्यटक बाट हल्का आमदानीको स्रोतले छोरा छोरी सुर्खेतमा पढाएको छु। काठमाण्डु नपुगेको तर २ पटक सुर्खेत पुगेको बताए। 

रात छिप्पिदै  थियो। 2030Hrs  चाईना बाट यार्सा ब्यापार गरि ९जना घर फर्केका आए। रक्सी किन्दै पिउदै ठुलो आवाज निकाल्दै गफिए । साख्खै मामा भान्जाको झगडा होला जस्तै भयो। साहुले थर्काए पछि चुपचाप भए। 2100Hrs  सुत्यौ हामी । ढल्कने बित्तिकै भुसुक्कै भयौ।  ढुंगाको घोचाईले ब्युँझाउथ्यो बेला बेलामा। 
रारा निकुञ्जको कार्यलयको तस्विर लिदै बिशाल भान्जा र किशोर सर 
 रारातालको किनारी हुँदै जुम्लाको सिंन्जा उपत्यका तिर लाग्दै हामी
रारा तालको शान्त वतावरणलाई बिदाई गर्दै जुम्लाको सिंन्जा भ्याल्ली तिर लाग्दै हामी।
 रारा तालको किनारी हुँदै जु्म्ला तिर लाग्दै हामी
 रारा ताललाई बिदाई गरे पछि बाटा हिड्दै गर्दा भेटिए सूचना पाटी
रारा खोला र त्रिलोक खोलाको दोभानको उकालोमा बिशाल भान्जा र किशोर सर। गन्तब्य चुच्चेमारा लेक हुँदै जु्म्ला तिर ।
पारी रारा खोला र वारी त्रिलोक खोलाको संगम स्थल। यहि बाट चुच्चेमारा लेक र कोल्टी जाने छुटिन्छन्। 
 चुच्चेमारा लेक उक्लिदा कटेरामा थकान भुलाउदै बिशाल भान्जा र किशोर सर
थाकेर लम्फु हुँदै उकालो बाटोमा उकिल्दै किशोर सर 
बिसौनी कटेरो 
चुच्चेमारा लेकमा भेडा च्याङ्ग्रा चराउदै गरेका गोठाला भेटिए।
चुच्चेमारा लेक बाट रारा ताल नियाल्दा ।
चुच्चेमारा लेकबाट रारा ताल नियाल्दै किशोर सर बिशाल भान्जा र भौउ बहादुर भाई । क्याँ खुशी देखिएका छन् ।


चुच्चेमारा लेकमा गोठाला भेडी चराउदै
चुच्चेमारा लेक उक्लिने क्रममा ।
चुच्चेमारा लेकमा बसाह आराम गर्दै
चुच्चेमारा लेक बाट रारातालको  स्वरुपलाई क्लिक गर्दा
चुच्चेमारा लेकमा घोडा चर्दै । सेतो कुहिरोलेको हुलले रारालाई लुकाउन लाग्दै।
रारातालमा पानी पार्नका लागि कुहिरो हुलले जुलुस निकाल्ने तर्खर गर्दै।
चुच्चेमारा लेकको आकृति
चुच्चेमारा लेकको वरिपरि
राराताल चुच्चेमारा लेक बाट नियाल्दा
जुम्ला र मुगुको सिमाना चुच्चेमारा लेक 3800 मिटरको उचाईमा रमाउदै हामी
रारा ताल चुच्चेमारा लेक बाट नियाल्दा
चुच्चेमारा बाट ओर्लदा यस्ता आकृतिका ढुंगा देख्दा रमाएका थियौ हामी। पानी परेकाले चिप्लो बाटो भएकाले घाँसे बाटो रोज्दै किशोर सर र म
चुच्चेमारा लेक बाट ओर्लने क्रमा यसरी उभियौ। 
गोरु सैन्य आईपुग्न लाग्दाको क्याँ रहर लाग्दो अनि लोभ लाग्ने वतावरण देख्दा दंग भएका थियौ।
 राराताल चुच्चेमारा लेक बाट
थाकेर लोथ भएको क्षण। गोरु सैन्य होटलमा आराम गर्नु हुँदै किशोर सर र बिशाल भान्जा। ग्रेट हिमालय ट्रेलको मोज भनेकै यहि हो।
गोरु सैन्यको मोहनी लगाउने सौन्दर्य।

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...