Total Pageviews

Tuesday, September 11, 2018

Great Himalaya Trail

Day-42
Saijal-Dunai (Dolpa)
सैजाल-दुनै, डोल्पा
22 August 2016
                       ठट्यौली पारामा लिएको तस्विर डोल्पाको दुनैमा
वाई वाई खाजा खाई 0730Hrs सैजाल बाट गन्धर्वहरु र हामी दुनैको लागि हिड्यौ। दिन धुम्मेको थियो। थुम्का र चुचुरा तिर पानी परिरहेको देखिन्थ्यो। मौसम चिसो थियो। बाटो ओरालो भएकाले थाकेको महसुस भएको थिएन। फर्किदा हाम्रा लागि बाटहरु नौला थिएन्। हेर्नु पर्ने दृष्य पनि केहि थिएन्। आङ जिरिङ जिरिङ हुन्थ्यो आलै खसेको पहिरो  र ढुंगा खसेको डोब देख्दा । बाक्लो जंगल भित्रको बाटो साथै फोक्सुण्डो खोलामा थापेको काठे पुलमा वारी र पारी तर्दै छेप्का गाउमा आईपुग्दा 0900Hrs बजे थियो। भोकले लम्फु भईसकेका थियौ। चिया पिउदै साहुनीलाई वाई वाई र आलु पकाउन लगायौ। बेतोडले मुसलधारे पानी पर्न थाल्यो। कान्लामा लटरम्म फलेको स्याँउमा नजर गई हाल्यौ। साहुनीकी छोरालाई टिप्न पठायौ। हातैमा नअटाउने स्याँउ  टोक्न थाल्यौ। रसिलो र चिसो थियो स्याँउ। चिया वाई वाई स्याँउ र उसिनेको आलु खाई छेप्का बाट 1030Hrs बाटो लाग्यो। पानी बसि सकेको थियो।घाम लागेको थिएन ।
                           थिन्ले घोडा बाट लडेर मृत्यु भएको स्थानमा हामी
थिन्ले लडेर मृत्य भएको स्थानमा हामी तीनै जनाले एक मिनेट थिन्लेका लागि मौनधारण गर्यौ। साङ्टा को पाखा तिर आलै ढुंगाहरु झरेको डोबहरु देखिन्थे। ढुंगा झर्छकी भन्दै डराई डराई माथि हेर्दै  गन्धर्वहरु र हामी साङ्टाको ढुंगा खस्ने ईलाका पार गर्यौ । 1130Hrs कगेनी पुग्यौ। फापरको रोटी बनाउन लगायौ। हल्का थकान र भोक लागेको थियो। चिया र वाई वाई खादै गर्दा घाम लाग्न लाग्यो। फापर संग आचर चोप्दै मिठो भन्दै खायौ। कगेनीबाट दुनैका लागि 1230Hrs बाट लाग्यौ। संगै आएका गन्धर्वहरु कगेनी र सुलीघाटका बस्तिमा गाउदै आउछौ भने पछि भोलि दुनैको ब्लू सिप होटलमा आउनु होला भन्यौ।  सुलीघाटमा आर्मी चेक पोष्टमा अस्तिकै सैनिकले चिने र हामीले पनि चिन्यौ। जाँच गरेन्। जानुहोस भने। फोक्सुण्डो खोला सङ्लो बग्दै ठुली भेरीको धमिलो भेलमा मिसिएर बगि रहेको दृष्य झोलुङ्गे पुलबाट केहि क्षण नियाल्यौ। 1500Hrs दुनै बजार पुग्यौ। दुनै बजारमा पसलमा र चोक तिर गीतहरु घन्किरहेका सुनिन्थ्यो।ब्लु सिप होटलमा पुग्दा सिमसिम पानी पर्न थाल्यो। हामी तीनै जना पालै पालो नुहायौ। ईन्टरनेट चलाउदै बस्यौ। आरामदायी बसाई भन्दै साँझको 2300Hrs ईन्टरनेट चलाउदै बस्यौ।   



Friday, September 7, 2018

OXLEY RIDGE बाट


OXLEY RIDGE अकस्लि रिज बाट ओखल्ढुंगाको मानेभञ्ज्याङ गाउपालिकालाई नियाल्दै ।
























मध्य पहाडी लोक मार्गमा अवस्थित हर्कपुर र घुर्मीमा पर्ने हावाले ग्वाँरल्याम्ब ढालेको पुल

Sunday, August 26, 2018

गोर्खा सैनिक भित्र हुर्केका निर्देशक मिलन चाम्स





मिलन चाम्लिङ राई (चाम्स) गोर्खा सैनिक भित्र बाट हुर्केका निर्देशक हुन्। उहाँ सन् १९९८ सालमा बृटिस गोर्खा सेनामा प्रवेष गर्नु भएको  थियो। उहाँको बारेमा मैले बृटिस गोर्खा बाट मासिक रुपले प्रकाशित पत्रिका पर्वते र BFBS Gurkha Radio बाट जान्ने मौका पाएको थिए। वास्तविक कथामा आधारित बोवीका निर्देशनलाई सिंगापुरमा रेड कार्पेट सोमा क्षणिक समय भेट्ने र छोटो अन्तरंग कुरा गर्न अवसर पाएको थिए। चलचित्र हेरे पछि मलाई Blogging गर्ने जोस चल्यो।

सफल निर्देशक बन्न धेरै आरोह अवरोहका थुम्काहरु उक्लिसकेका चाम्सले हाल सम्म  ७ वटा चलचित्र निर्देशन गरि सकेका छन्। मिलन चाम्सले छि: वा क्याँ झुर रहेछ भन्ने खालका चलचित्र बनाएन्। बरु नेपाली चलचित्र क्षेत्रमा फरक परिवेषका वास्तविक कथामा आधारित चलचित्र भित्राए। Blind Rocks र Bobby जस्ता चलचित्र। वास्तविक कथाका चलचित्र बनाएर दर्शकको मन जिते। नेपाली दर्शकले पनि अव वास्तविक कथा चलचित्र पनि रुचाउने रहेछन् भनेर प्रमाणित गरि दिए जाम्सले। चलचित्र लुटले नेपाली चलचित्र क्षेत्रलाई फरक बाटो देखाए दिए भने कबड्डीले नेपाली चलचित्र नहेर्ने दर्शक लाई पनि हल सम्म गएर हेर्न बानी बसाल्यो।

Saturday, August 25, 2018

हुम्लाको तलुङ फाँटमा पुग्दा




हुम्ला जिल्लाको लिमि भ्याल्लीमा अवस्थित तलुङको हिमाली वतावरणमा रमाउदा पुग्दा हामी औधी हर्षित भएका थियौ। हिल्सा देखि हिडेर ४ दिनमा पुग्न सकिने तलुङ फाँट पुग्दा हर्षको आँसु झर्ने गर्छ। हिडेको सबै थकान भुलाई दिन्छ। नेपाल र चाईनाको सिमाना लाप्चा देखि तलुङ सम्म 30KM सडकको ट्रयाक खनि सकेको छ। मौका मिल्यो भने जंगली घोडा  र जंगली याक नियाल्न पाईन्छ। आँखाले हेरि भ्याउने फाँटको बिचमा भोट खोला बग्ने गर्दछ। हिँउले पखालेर राखेका नाङ्गा र चिल्ला पर्वतमाला क्षितिज संग अंगालो हालेर बसेको देख्दा ईष्या लाग्ने गर्छ। भौतिक सुविधा अभाव भएता पनि प्राकृति शौन्दर्यको अदभुत खानी हुम्लाको लिमी भ्याल्लीको तलुङ फाँटमा फेरि पनि घुम्ने ईच्छा रहेको छ। समय मिलेलाएर एक पटक जाने छु। पदयात्रामा रहर हुने म संग यात्रा गर्न सक्नु हुने छ।

Friday, August 24, 2018

McPherson Park पुग्ने हो कि?



भर्खरै निर्मित म्याकपरशन पार्कमा कुदी सके पछि कुलडाउन गर्नुको आनन्द अर्कै हुन्छ। एक दशक अगाडि बिदादारीको पार्कमा दगुर्न र कुलडाउन  गर्दै कुरा लडाउनको समुह निक्कै ठुलो हुन्थ्यो र मोज पनि अर्कै हुन्थ्यो । उक्त स्थान हाल हाईराईज भवन निर्माण भईसकेकाले आजकाल कसरत गर्नका लागि म्याकपरशन पार्क र नाली गजबको स्थल बनेको छ। विहानको चिसो स्याँठी र साँझ पखको पवनमा बहदै कसरत गर्दा झनै अर्को बेजोडको महसुस हुन्छ।


Tuesday, August 21, 2018

Bidadari Park ,SINGAPORE



1700Hrs कसरत गर्न निस्क्यौ म पाखाली भ्याकुर र आदरणिय तिर्थ गुरुजी। बिदादारीको परिवर्तित भौगलिक स्वरुप नियाल्दै हिड्ने योजना भयो। अप्पर अलजुनिड रोडको पेटिका समात्दै हुत्तिदै गफ छाड्दै परिवर्तित भईसकेका र बिविध नाम पनि जनाई सकेका बिदादारीका गल्लिहरु जाहार्दै गर्दा त्यति चाहार्दा पनि नपुगेर अब! उडले हाईट तिरको भौगलिक दृष्य नियाल्न पनि जाउ भने पश्चात लमक्यौ ब्राडल रोड हुँदै उडलेको डाँडा लाई  एक चक्कर लगाउदै घर फर्कदा घोधुली साँझ हुन एक घण्टा बाँकी नै थियो। बिगतको बिदादारीको सम्झना आएकाले  एक झ्याप्प यसरि भिडियो ग्राफिगर्ने रहर जागृत हुँदा ।



सिंगापुरको Bedok Reservoir घुम्दा




आकासको पानी बाट निर्मित सिंगापोरमा १७ वटा रिजर्भर छन्। आज सपरिवारका साथ हाईकिङ्का लागि गएका थियौ बेदोक रिजर्भर।  रमाईलो वतावरणमा सुस्ताउदै एक फन्को लगाउदै 4.3किलो मिटरको दुरी छिचोल्यौ। 41.7 हेक्टर ओगटेको यस रिजर्भरमा धुम्रपान गर्न पाईदैन्। बिगतमा यस स्थानमा बालुवा खानी थियो। हाल मनमोहक दृष्य देख्न सकिन्छ।







HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...