Total Pageviews

Saturday, October 28, 2017

Lukla जाने हो ?


के के अनुभव गर्न पाईन्छ ३०मिनेट हवाईयात्रामा (Ktm to Lukla)
विमानले धावन मार्ग छोड्ने बितिक्कै उपत्यकाको उराठलाग्दो बस्तिलाई नियाल्दा नियाल्दै हिमपर्वतमालहरु मुस्कुराउदै बसेका दृष्य देखिन थाल्छ। आङनै जिरिङ हुने थुम्काहरुको खोच बाट बिमान प्रवेष गर्ने बित्तिकै  लुक्ला बिमान स्थल देखा पर्न थाल्छ। खोचमा दुधकोशी अविरल बगेको दृष्य घना जंगल र झरनाहरुको  रौंनकता देख्न पाईन्छ। नियाल्नमा ब्यस्त रहदा बिमान ल्याण्ड गर्ने तयारी भईसकेको हुन्छ। आङ सिरिङ सिरिङको अनुभव हुदा हुँदै धावन मार्गमा बिमानको पाङग्रा बजारिदा ज्यान थर्किदाको अनुभुति गर्न पाईन्छ।
 लुक्ला बिमान स्थलको परिचय
पहाडहरुको साम्राज्य फैलिएर बसेको बिचमा सानो टारबारी आकारको छ । पुछारमा दुधकोशी गडगडाउदै हामफाल्दै बगेको छ। सन् 1964 सालमा सर एडमण्ड हिल्लारीले आलुबारीलाई ४५०मिटर लम्बाई र २० मिटरको चौडाई धावनमार्गमा निमार्ण गरिदिनु भएको थियो। लुक्ला बिमान स्थलले परिचित बिमान स्थललाई सन् २००८ सालमा तेन्जिङ हिल्लारी नामकरण गरियो।
के हेर्न लुक्लामा
बिमान स्थलमा ओर्लने बित्तिकै चिसो सिरेटोको हुलले स्पर्श गर्न  थाल्छ। दुधकोशीको आवज सुन्दै शेर्पा बस्ति नियाल्न पाईन्छ । कोङदेहिमाल को टाकुरालाई नियाल्दै कफिको सुर्का लगाउदै बस्दा मन हलुको हुन थाल्छ। वाई फाईको सुविधा भएकाले सामाजिक संञ्जालमा अपडेट गर्नमा आतुर भएको पदयात्रीहरुलाई देख्न सकिन्छ।


Sunday, October 22, 2017

Trek Dunai To Beni Bazzar


दुनै देखि बेनीबजार पदयात्रा गर्दा सहासिक तर रोमाञ्चकारी दृष्य नियाल्न पाईन्छ। 

JUMLA & DOLPA Trek


जुम्ला देखि डोल्पाको दुनै र से फोक्सुण्डो ताल नियाल्ने रहर छ की?

Trek RARA Lake & Jumla


सिंञ्जा भ्याल्ली जुम्लाको नियाल्नु जानु हुने हो ?

Trek Rara Lake


रारा ताल घुम्ने जाने योजना छ कति तपाईको?

Trek Simikot To Gam Gadhi


हुम्लाको सिमिकोट देखि मुगुको गमगढी हुँदै रारा ताल नियाल्ने हो की। पदयात्राको सहासिक यात्रा र रोमाञ्चकारि दृष्य भनेको चंखेलीको लेक र रारा ताल नियाल्न पाईन्छ। 

Trek Hilsa & Limi Valley (Humla)


 हुम्लाको प्राकृति सौन्दर्य नियाल जाने हो की ?

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...