Total Pageviews

Wednesday, June 14, 2017

सिङ्गापुरको नागरिक्ता र पासपोर्ट बुझाउदै फर्किन् हिरा गुरुङ (D/O 4187) नेपाल । ऋतु अनुसार प्राकृति सौन्दर्य नियाल्न।

पृष्ठभुमि
महाराजगंञ्ज को नारायण गोपाल चोकमा सवारी साधनहरु पात्लिदै गरेको देखिन्थे। अध्यारो बढ्दै गएको देखिन्थ्यो। हट ब्रेडको टेबल म र हिरा भान्जीका दिदी निरा गुरुङ संग कुराकानी गर्न सकिन लाग्दै थियो । हिरा भान्जी र उहाँकी मित्र महरा दिदी आउनु भयो। प्रवेष द्बरबाट सिधै हाम्रो टेबल तिर आउनु हुँदै गर्दा चिनी सकेको थिए मैले। उ मेरी बहिनी हिरा हो भनेकी थिईन् । बाहिर शिशिर याम भएकाले जाडो हुनेनै भयो।  मैले मेरो सामान्य चिनारी दिए। तपाई सिङ्गापुरमा बस्दा बाल्यकाल, किशोर अवस्थाका रमाईला यादहरु । स्कूल पढ्दाका रमाईला दिनहरु र नेपाल फर्केर काम गरेका अनुभव बारेमा कुराकानी गरु है भनि मैले बाल्यकालको जीवनबाट कुराकानी थाले।     
___________________________________________________________________________
नाम:-हिरा गुरुङ(D/O 4187)
स्थान:- हट ब्रेड महाराजगंज
Time:-2000hrs
Date:- 06 April 2013
फोटो साभार फेसबुक हिरा
आफूले अध्ययन गरेको सिडार गल्स् माध्यामिक बिधालयको क्यान्टिनमा हिरा गुरुङ । बिगतका दिनका बिधार्थी जीवनको स्मरण गर्नु हुँदै। 

सिंगापुरको केके अस्पतालमा जम्मेको हुँ भाई। मेरो नाम राधिका हो तर मलाई हिरा भनेर चिन्छन्। हाम्रो पालामा केटीहरुलाई स्कूल पढ्न पठाउने चलन थिएन्। केटाहरु मात्र स्कूल जान्थ्यो। स्कूल पढ्न नपरे पछि केटीहरु नालामा माछा  गंगटा र झिङ्गे माछा समाउन जान्थ्यौ।  खेल्यो बस्यो खायो हाम्रो बाल्यकाल उबेलामा उहाँकी दिदी निरा मुसुमुसु हाँस्नु भयो । हिरा भान्जी फर्सौली तरिकाले बोलि रहनु भएकी थिईन्। उहाँको बोल्ने लवजले म प्रभावित भई रहरेको थिए।
फोटो साभार फेसबुक हिरा

उबेलामा हाम्री आमाले छोरीलाई पनि स्कूल पठाउनु पर्छ भनेर म र मेरी दिदि हिरालाई (हातले ईसारा गर्दै दिदी तर्फ हाँस्दै) गोर्खा चिल्ड्रन स्कूलमा भर्ना गरिदिनु भयो मेरो बाबा गोर्खा चिल्ड्रेन स्कूलमा पढाउनु हुन्थ्यो। छोरालाई मात्र स्कूल पठाउने चलन भए पछि बाबा पनि छोरीलाई स्कूल पठाउनु पर्छ भन्ने सोचमा हुनुहुन्न थियो।  त्यस बेलामा मामाहरुले पढाउथेनी भाई । गोर्खालीका नानीहरुका लागि अनौपचारिक स्कूल स्थापना भएको थियो। हामी स्कूल गएको देख्दा । मेरी आमालाई आण्टीहरुले खिसी ट्युरी गर्थे। छोरालाई स्कूल पठायो भन्दै खितिति गरि हाँस्थे पनि। कहिले काहि अतिनै त्यस्ता कुराले आमालाई झोक उठ्दा छाती पिट्दै के भयो मैले पठाए तिमीहरुलाई के को टनटन । आजकाल छोरीहरु स्कूल गएको देख्दा पढेर झोला बोग्दै घर फर्केको देख्दा मलाई यो भन्दा खुशी केहि छैन्। निर्धक्क भएर भनिदिन्थे। आमा पनि दंग हुनुहुन्थ्यो । हामी पनि स्कूल जानु पाउदा म र दिदी पनि खुशी भएका थियौ। हामी संगै खेल्ने केटाहरु संग । संगै स्कूल जाने संगै फर्किने गर्दा रमाईलो लाग्थ्यो । । हाँस्दै खुशी हुनुहुँदै बाल्यकालको क्षण सम्झनु भयो हिरा भान्जीले।  क देखि ज्ञ सम्म पनि पढयौ । गोर्खा चिल्ड्रेन स्कूलको अनौपचारिक शिक्षा पढि सेक पछि।

 आमाले प्ये फेर स्कूलमा भर्नाका लागि लानु भयो। जाच दिए सिधै कक्षा ३ भर्ना भए । आमा झन धेरै खुशी हुन  थाल्नु भयो । मेरी आमाले ति होच्याउने जिस्काउनु हुने आण्टिहरुलाई भन्न थाले। मेरी छोरीहरु छोरा सरह बाहिर गएर पढन् थाले। यो भन्दा खुशी मेरो केहि छैन्।आमा दंग थिईन्। बाहिर स्कूलमा दिदी कक्षा ४ र म कक्षा ३मा पढ्न जान थाल्यौ।
फोटो साभार फेसबुक हिरा
आफूले अध्ययन गरेको बिधालयमा ४ दशक पछाडी फर्केर हेर्दा  


प्रार्थमिक बिधालयको अतिरिक्त कृयाकलामा म एउटी ससक्त १०० मिटर र २०० मिटरको रनर भईसकेकी थिए । अन्तर बिधालय प्रतियोगितामा स्वर्ण पदकहरु धेरै जितेको थिए।। कक्षामा शिक्षकले पढाउदा ध्यान दिएर सुन्ने र पढ्ने बानी भएकोले। घरमा आएर कहिले पढिन् म। साथीहरु संग खेल्ने खाने सुत्ने भोलि स्कूल जाने । यसरी मेरो प्रार्थमिक बिधालयको दैनिकी थियो। खासै म पढ्दीनथे र किताबी किरो पनि थिईन्। हाँस्दै मलाई बताईन्। सिडार गर्ल्स हाई स्कूलमा अध्ययन गरे। हाई स्कूलमा मैले अतिरिक्त कृयाकलापमा १००मिटर २००मिटर कुदेर स्वर्ण पदकहरु धेरै जितेको थिए। थप अतिरिक्त कृयाकलापमा रेडक्रस पनि थियो।
फोटो साभार फेसबुक हिरा
बाँया बाट दिदी निरा गुरुङ बिचमा आमा र हिरा गुरुङ । 

 हुरहुरे बैषमा बेलुकी खाना खाए पछि हावा खाना आन्टीहरु संग हिड्थ्यौ । आन्टीहरुको गफ सुन्दै हामी पछ्याउथ्यौ। हावा खादै हिड्दा गजबको कुरा के हुन्थ्यो भने। जब Adult गफगाफ हुँदा हामीलाई अगाडि जाऔ । यी भान्जीहरु भनेर धकेलेर अगाडि पठाउथे। तिमीहरुले सुन्नु हुन्न यस्ता कुराहरु भन्थे। हामी हाँस्दै अगाडी जान्थ्यौ।

 दशै आउन एक महिना अगाडि देखि नेपाली र हिन्दी गीतहरु गीत गाउने अभ्यास गर्थ्यौ ।भान्जा टोलीहरु गीतार ड्रम बजाउथे हामी भान्जीहरु गीत गाउथ्यौ। दशैमा परेड स्वायरमा मामाहरु बियर पिउदै हाम्रो गीत र नाच मा रमाईलो गर्नु हुन्थ्यो। साथै मामाहरुले पनि स्टेजमा गीत र नृत्य गर्थे। कालरात्रीमा मार हेर्न जान्थ्यौ । तिहारमा आउनु भन्दा १५दिन अगाडि देखि भैलो र देउसी गीतहरु गाउन अभ्यास गर्ने गर्थ्यौ । आफ्नो जात अनुसारको पहिरण लगाएर मादल बजाउदै भैलो देउसी गीतहरु गाउदै पैसा बटुल्थ्यौ । आन्टीहरुले भित्र वोलाएर सेलरोटी खान दिन्थे । कस्तो रमाईलो हुन्थ्यो। दशै र तिहार ज्यादै रमाईलो हुन्थ्यो। त्यस्तो रमाईलो नेपालमा अझ सम्म भएको छैन्। आजकाल पनि Mount Vernon का भान्जा भान्जीले पनि हामीले गरेको जस्तै परम्परा छ होला। सोधिन् हिरा भान्जीले मलाई । चलन अझै छ । मैले भने।

फोटो साभार फेसबुक हिरा

बाँया बाट हिरा गुरुङ आमा र बाबा  Insp 4187

  
उहाँले हाँस्दै भाई म टिनेज हुँदा घरमा कहिल्यै नपढ्ने । साथीहरु संग जम्मा भयो मनपरेका केटाहरुलाई जिस्कायो। यति भनि रहदा  भाई !! मनपरेका केटीले टक्क जिव्रो पड्कायो । मन परेको केटाको नाम वोलायो ।  केटाहरु पनि त्यसरीनै गर्थ्यो। क्याम भित्र हाम्रो हुरहुरे बैषलाई यसरी बितेको थियो। संगै बसेकी दिदि निराले पनि थपिन् होनी भाई । यो कहिले नपढ्ने। केटाहरुलाई जिस्काउथ्यो नी ! बिगतका ति दिनहरुमा रमाईलो कुरा सम्झदै  हिरा भान्जीले केहि क्षण आँख चिम्लिन्। हामी ४ जना बसेको टेबलमा हाँसो भएको थियो। हिरा भान्जीकी साथी महरा दिदि पनि । यिनी अझै पनि यस्तै छिन् । अरुलाई हसाउने गर्छिन् भाई। मलाई महरा दिदीले भन्नु भयो। 
फोटो साभार फेसबुक हिरा
समय मिलाएर लम्जुङमा गई गाई बस्तु चराउने गर्नु हुन्छ । 


सन्१९७४ सालमा ‌ओ लेवल पास गरे। Nation Junior College बाट१९७५ /१९७६मा ए लेवल पास गरे। ईन्ष्टिचुड अफ एजुकेशनको तालिम समाप्त गरि Mount Vernon Secondary स्कूलमा पढाउनु थाले। प्रिजन गोर्खा यूनिटमा कार्यरत मामाहरुलाई अंग्रेजी भाषा सिकाउने थाले । मामाहरुलाई अंग्रेजी भाषा सिकाउनु पर्दा लाज लागेको हुन्थ्यो । बाल्यकालमा हामीहरु आईतबारको दिन ड्रिल सिडमा फिल्म हेर्नको लागि चकटी लिएर अगाडि गएर बस्थ्यौ ।Black & White Tv  थियो उबेला भाई । त्यो बेलाको बाल्यकाल सम्झद रमाईलो लाग्छ भन्दै । आँखा बन्द गरेर सोच मग्न भईन् हिरा भान्जी।चिकन राईस रोटीपराट्टा मि गोरेङ मन पर्ने खाजा हो। साथीहरु संग घुम्न बुकितामा डाँडो म्याक्रेजी तलाउ र चाईना टाउन गईन्थ्यो । बालापनमा बाबा आमा संग र बैषमा साथीहरु संग ईष्टकष्ट पार्कमा BBQ खादा ज्यादै रमाईलो हुन्थ्यो ।

सिंगापुर नागरिक्ता र रहादानी थियो मेरो। नेपाल जाउजाउ लागिरहन्थ्यो। नेपाल गएर काम गर्ने।स्वच्छ वतावरणमा रमाउने सधै मनमष्तिष्कमा भई रहेको हुन्थ्यो। किन भने दिदी निरालाई देखाउनु हुँदै नेपाल बाट फोन गर्दा सधै बयान गर्थिन् छिटो नेपाल आईज । नेपालको ताजा खानेकुरा । बाबाको जन्म थलो लम्जुङ गाउ कति राम्रो छ। हिमाल नजिकै बाट देखिन्छ। ऋतु अनुसार देखिने प्राकृति सौन्दर्यको दृष्यले मनलाई आनन्द दिन्छ। ढिला नगर बरु छिट्टो नेपाल फर्की भनि रहन्थे । फोनमा यस्ता कुराहरु सुन्दा दिदीले भनि रहदा  । नेपाल फर्किनु जागृत भई  रहन्थ्यो ।  मैले सिङ्गापुरको नागरिकत्ता र पासपोर्ट बुझाई सधैका लागि नेपाल फर्किने निर्णय लिए। सन् १९८१डिसेम्वर महिना थाई विमान बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लदा चिसो हावा, खुलेको निलो आकास,  पारिलो घाम र चारै तिर हेरे वाँह म ....! भाई यति रमाएकी यति रमाए  !!  

बाबा संग हिरा गुरुङ। फोटो साभार फेसबुक हिरा गुरुङ


सिंगापुर छाड्नु को रात बताउनु पर्दा । मैले हिरा भान्जीलाई प्रश्न राख्दा। त्यो रात साथीहरुलाई सम्झिए थिए। मन कुराहरु खेल्दै थिए। साथीहर लाई नदेखिने नभेटिने कुराले। न्यास्रो लागि रहेको थियो । बिहान Changi Airport मा बिदाई का लागि साथीहरु संग अंगालो गर्दा  आँसु गहभरि भएको थियो। अव हामी सधैका लागि सायद भेटिदैनौ होला साथीहरुले भने ।रुमालले आँसु पुस्दै वाईवाई गर्दै । म उनीहरुको नजरबाट टाढिदै गए।

नेपालको अध्यागमन बाट निस्कदा दिदी र आफ्तहरु मलाई पर्खि रहनु भएको थियो। अहिलेको जस्तो धुलो धुवा अनि गज्याङ गुजुङ घरहरु थिएन् । पातला बस्तिहरु थिए सबै फाँटहरु थिए। ट्याक्सी चढेर लगनखेल तिर आउदा सडक सुनसान थियो। रात नियाल्न कौसीमा गए। ज्यादै जाडो थियो। अध्यारो रातमा ताराहरु नियाल्दा  खुशीले ढुकढुकी बढेको थियो । बिहान ब्यूझदा चारैतिर कुहिरोले ड्याम्म ढाकेको थियो। यस्तो दृष्य हलिउडको चलचित्रको पर्दामा मात्र देखेकी थिए। आफूलै हेर्न र अनुभव गर्न पाउदा रमाएकी थिए। मनमा कुरा खेल्न थाल्यो सिंगापुर बसेको भए म त्यस्ता किसिमका अनुभव लिनबाट बञ्चित हुने थिए। मैले जे निर्णय लिए सहि लिए । सिङ्गापुरको नागरिक्ता त्याग्दा पछुतो लाग्दै आजकाल मैले प्रश्न भान्जी हिरालाई गरे। सिंगापुरको नागरिक्ता बुझाए । कुनै पछुतो छैन्। अझ थपिन् आफ्नो देश भनेको आफ्नै देश हो। नेपालमा कुनै काम गर्ने स्टिम नभए पनि रमाईलो हुन्छ ।
फोटो साभार फेसबुक हिरा
निरा गुरुङ र हिरा गुरुङ । बाबाले निर्माण गर्नु भएको चौतारामा थकान मेटाउनु हुँदै।





काठमान्डु एक हप्ता बसे। त्यसपछि बाबाको जन्म थलो लम्जुङ गए । पानी भर्न गए। घाँस दाउरा काट्न गए। गाईबस्तु चराउन गए। ढिकी झातो गरे । रोधी घर गए। गाउका आफन्तहरु संग चिनापरची गरे। ताजा खाने कुराहरु खादा रमाएको थिए । हिमाल नजिक बाट हेर्न पाउदा खुशीले हुरुक्क भएको थिए। गाउमा धेरै कुराहरु शिक्न र अनुभव गर्न पाए । लम्जुङ तीन महिना बसे। । राजधानी फर्के । नेपालीमा  A लेवल र शिक्षा सम्बन्धि तालिम गरेको प्रमाण पत्र अनुवाद गर्न शिक्षा मन्त्रालयमा गए। मेरो प्रमाण पत्र र मैले बोलेको नेपाली भाषालाई खिसी टिउरी गर्दै खै हामीलाई थाहा छैन् । ए लेवल से लेवल भनेको के हो । ओल्टाई पल्टाई गर्दै बसे। त्यो दिन सम्झदा आज पनि दुःख लाग्छ। झोक उठ्छ। बुढानिलकण्ठ आवसिय स्कूलमा पढाउ थाले  र २५ बर्ष सम्म पढाउदा म सह प्रधान अध्यापक पद सम्म पुगे। जीन्दगीको आरोह अवरोहमा कति एकै ठाँउमा काम गरि रहने भन्ने लाग्यो। बुढानिलकण्ठ स्कूलबाट राजिनामा दिई। ब्रुनाईमा ब्रिटिस गोर्खा स्कूलमा २००७देखि २०१२साल सम्म पढाए। हाल NGO कार्यरत छु। सिंगापुरे भान्जा भान्जीका लागि ।नेपाल फर्कनु नेपालनै प्रसस्त कामको मौका छन्। हाम्रो कुराकानीको अन्तिममा भनिन्।

Friday, June 9, 2017

Singapore Changi Airport मा राजीखुशी हाँसी हाँसी बिदा हुन सकिन्। सुजिता गुरुङ(D/O9033)

सुजिता गुरुङ (D/O 9033)

मौसम:- शिशिर याम भएकाले घाम र बादलले कुस्ति खेल्दै थियो। त्यहि भएर होला मौसम पनि ठुस्केर बसेको थियो। गुड्न नजानेर होला सवारी साधन पनि लर्बरिदै देब्रै दाहिने बाट उछिना उछिन् गर्नमा हतार देखिन्थ्यौ । घुँलो र घुवाँको सरावरी उड्दै गरेको देखिन्थ्यौ
स्थान:- नक्शाल

समय:- 1500 Hrs

मिति:-10March 2013 
फोटो साभार फेसबुक सुजिता


सुजिता(D/O9033) र प्रिति(D/O 9279) भान्जी संग कुराकानी गर्न म सुजिता भान्जीको कार्यलय नक्शाल पुगे। सुजिता भान्जीको कार्यलय नक्शालमा भेटौला भनि प्रिति भान्जी संग हाम्रो फोनमा कुरा भएको थियो । शिशिर याम भएकाले आज निक्कै जाडो थियो। सुजिता भान्जी र प्रीति भान्जी  सिङ्गापुरमा जन्मेका हुर्केका र हुरहुरे यौवनका उताब चढाबको जीवन गाथा नेपालमा  बिताई रहनु भएकाले। उहाँहरुको नेपाल बसाईको अनुभूति सुन्न ममा हुटहुटी थियो । कफिको सुर्का लगाउदै जाडोलाई धपाउदै ३बजे देखि ६बजे साँझ सम्म सिंगापुर बस्दाको रमाईलो क्षण देखि आरम्भका दिनमा नेपालमा भाषिक कठिनाई र यौवनका दुःख सुःखका रंगीन क्षणहरुका रमाईला गफगाफ गर्यौ। मैले पहिला प्रिति भान्जी संग सिङ्गापुर बसाईका क्षण र नेपाल बसाईका संधर्षका कुराकानी गरे  पछि सुजिता भान्जी संग कुराकानी गरे।
फोटो साभार फेसबुक सुजिता
बाँया सुजिना दाँया प्रिति

म सुजिता गुरुङ  उडभिल प्राईमरी स्कूल र म्याक पर्सन माध्यामिक बिद्यायबाट ओ लेवल उतिर्ण गरे। २००६डिसेम्वर महिनामा नेपाल फर्किए। सिंगापुरको प्रसुतिगृह केके अस्तालमा जन्मेको हुँ बाल्यकाल Mount Vernon भित्र 7 स्टोन खेलमा रमाउथ्यौ साथीहरु संग। Everest Blockको कोर्टमा बाँस्केटबल खेल्थ्यौ। तोपायोमा पौडि खेल्न जान्थ्यौ। बाल्यकालमा Everest Height  Pokhara Garden को प्ये ग्राउण्डमा खुब खेलिन्थ्यो हामी। अहिलो कस्तो भयो होला ति खेल्ने प्ले ग्राउण्ड।

East Cost पार्कमा BBQ र समुन्द्रको छाल संग साथीहरु संग ठट्टा गर्दै तैरिनुको आनन्द वाँह!! अर्कै हुन्थ्यो। सामुन्द्रिक किनारिमा साथीहरु संग पानी छ्याप्दै छिल्लिदै भाग्दै गर्दाको क्षण । जुरोङ्गको Bird Park । मन्डाईको Singapore Zoo पनि जान्थ्यौ।  म्याक्रेजी रिजभर हाईकिङ गईन्थ्यो। सिङ्गापुरको अग्लो डाँडा बुकितिमाह उक्लिन गईन्थ्यो। स्कूल बिदाको समयमा गोर्खा गल्स क्लब बाट एडभान्चरका लागि पुलाउ उबिन गईन्यो। गोर्खा गल्स क्लबको कार्यक्रम हुँदा प्रस्तोता गरिन्थ्यो।  विन्डो सपिङका लागि बरालिन ओचर्ड रोड बुगिज पायालेबर र तोपायो तिर साथीहरु संग जान्थ्यौ।

धेरै जसो समय म पुस्तकालयमा बिताउने गर्थे  पुस्तक पढ्नु भने पछि म हुरुक्क हुन्थे र अहिले पनि त्यस्तै छु। गेलाङ र तोपायोको पुस्तकालय बढि जान्थे  त्यहा म घण्टौ बस्थे। सिंगापुरको पुस्तकालयको भौतिक सुविधा बिश्व स्तरिय छ । मैले धेरै मिस गरेको छु। यति भनिरहदा  सुजिता भान्जी एकदमै भाबुक भईन्। छेवैमा भएकी प्रिति लिम्बुलाई अंगालो हालिन् । मलिन स्वरमा बोलिन् प्रिति!! सिंगापुरको जस्तो पुस्तकालय नेपालमा भएको भए म कति पुस्तक पढ्थे होला  I miss National Library Singapore । सान्तवना दिदै प्रितिले भनिन् Life भनेको जस्तो वतावरणमा छ। त्यसै संग हातेमालो गरि हामी अगाडि बढाउनु पर्छ । सिंगापुरको पुस्तकालयमा अध्यन गरेक बिगत सम्झदै केहि बेर टोलाईन् सुजिता र मौन मुद्रामा दाँहिने हातले कपाल मिलाउदै बसिन्।

सिंगापुरमा बस्दा दशैमा नाच गान हेर्न जान्थ्यौ। दशैको मार हेर्न पनि जमरा र रातो टिका लिन जान्थ्यौ टिका घरमा। तिहारमा प्रत्यक बिल्डिङमा भैलो भेल्न जान्थ्यौ। जम्मा भएको दक्षिणा सिक्का र नोट बराबरी बाँड्थ्यौ हामीले। साँझको खाना खाई सके पछि साथीहरु संग Evening Walking गरिन्थ्यो कहिले काहि आन्टिहरुको ग्रुपमा मिसिन्थ्यौ। सिंगापुरको खानपाना मलाई एकदमै मनपर्ने मिसेम हो। मिस्टर चाईको पसलमा मिसेम खाना गईन्थ्यो। मेरिनाबे मा सिफुड खाना जान्थ्यौ । साथै 100मी पनि हो।

आफू जन्मेको हुर्केको बढेको पढेको ठाँउलाई सधैको लागि छोडेर नेपाल फर्कने रात नसुती छर्लङ्ग बनाएका थियौ साथीहरु संग गफ गर्दै। सुजिता भान्जी केहि क्षण मौन बसिन्।त्यो रात भनि रहदा चाङगी टर्मिनल२मा  जीसीका र सिंगापुरका साथीहरु अन्तिम बिदाई गर्न आएका थिए। जीसीका भान्जी साथीहरुले बिदाईको अन्तिम अंगालो हाल्दै संन्देश ब्यक्त गर्दा भावना छछल्केको थिएन् तर खोई के भयो म आफैलाई थाहा छैन्। सिंगापुरे साथीहरुले अंगालो हालिरदा भन्दै थिए। कुनै दिन फेरी भेटौला। नेपालको बसाई सफल रहोस। तिम्रो जीवन सफल बनोस् भनिरहदा मेरो आँखा बाट आँसु झर्न थाल्यो।हामी सबै एक आफसमा अंगालो मारि बिछोडको पिडामा रुदै बस्यौ यति रुयौ कि कल्पना गर्न सकिन्न। त्यस बेलामा त्यस समयमा छुटिन गाह्रो भएको थियो।Good Bye Singapore आँसु पुस्दै चेक ईन भएको थिए। उहाँले भनिरहदा म भाबुक बनेको थिए। त्यस्ता दृष्य मैले Changi Airport मा धेरै देखेका थिए। मेरा ३जना बालबच्चा पनि यस्तै मैले पनि देख्ने छु ।आफैले मनमनमा कल्पना गरे। 

बाँया सुजिता दाँया प्रिति । फोटो साभार फेसबुक प्रिति

 त्रिभुवन बिमान स्थलको बेल्टमा ब्यागेजहरु भुईमा खचाखच भई थुप्रेको र  बेल्टमा पनि घुमेको देख्दा  अचम्म भएको थिए  ट्याँक्सी चढी घर जादै थिए।एक किसिमको ट्याँक्सीको सुगन्ध आएको (Singapore ट्याक्सी चढ्दा एक किसिमको सुगन्ध आउछ नी मामा मलाई बताईन्)  थियो। त्यो सम्झना अझै आउछ। पहिलो चोटी नेपालमा ट्याक्सी चढ्दाको अनुभव। डिसेम्वर महिना दिन छोटो । रात लामो हुने रहेछ। बिहान उठ्दा हुस्सुले डम्म काठमान्डुलाई ढाकेर राखेको हुन्थ्यो ११ बजे १२ बजे सम्म। सिरक ओढेर झ्यालको पर्दा खोल्दै बाहिरका दृष्य हेर्दै बस्थे एक्लै  सधै एकै किसिमको नेपाली दाल भात खायो कौसी गयो घाम ताप्दै पुस्तक अध्ययन गर्दै दिन बिताउन थाले। घुम्न जाउ कहा जाने ठाउ थाहा छैन् साथी छैन् नेपाली भाषा को अप्ठेरो। कोठामा बस्यो कौसीमा निस्क्यौ यसरी मेरो दिनहरु काठमाण्डुमा बित्दै थियो।  एक दिन एक्लै कोठामा पुस्तक अध्ययन गर्दै थिए । त्यतिकै आँखाबाट आसु झर्यौ।आँसु पुस्दै दिनै भरि रुदै बसे। खै किन हो अहिले सम्झदा पनि आफूलाई कारण थाहा पाएको छुईन्।

 ए लेवल पास गरे पछि मैले पढेकी एकेडेमीमा पढाउन थाले र अहिले सम्म पढाई रहेकी छु। ए लेवलका बिधार्थीहरुलाई पढाउदा  सिंगापुरको शिक्षा प्रणालीको पद्धति खुलेरनै बताए र बताउदै पनि छु  सिङ्गापुरको शिक्षा र त्यहाँको अतिरिक्त कृयाकलापले आज धेरै ठाँउमा मद्दत भएको बताईन् सुजिताले मलाई बिए अन्तिम बर्षमा अध्ययरत सुजिताले बिए पहिलो बर्षमा अनिवार्य नेपाली बिषय पढ्नु  पर्ने भएकाले आफैले कठोर परिश्रम गरि उतिर्ण भए। शुरु शुरुमा कक्षाका साथीहरु। मेरो नेपाली बोल्ने लवज सुनेर हाँस्थे। किनमेल गर्न जादा माईक्रोमा बसमा ट्याक्सीमा बाटोमा हिड्दा नेपालीमा त बोल्नु पर्यौ। बोल्दा यि नानी कस्तो नेपाली बोलेको हो भनेर जिस्काउथे पनि।

हिट्स FM मा RJ को पार्ट टाईम काम गरिरहेकी सुजिताले FM मा काम गर्दा को क्षण बताईन्  कार्यक्रम समाप्त हुन लागेको थियो। त्यस पछि मैले कार्यक्रम संञ्चालन गर्नु पर्ने थियो। झ्याँप्पै लोडसेडिङ्ग भयो। बिजुली आउदा ३ जना प्रस्तोताको समय भईसकेको थियो। हामीहरु क्यूमा बस्यौ पालै पालो गरि ३ जनाले आफ्नो आफ्नो कार्यक्रम पस्तुत गरेको थियौ। अहिले सम्झदा गजब लाग्छ।  

एम अध्ययन गर्न बिदेश जाने सोचमा रहेकी सुजिता बिदेशमा अध्ययन समाप्त गरे पछि केहि बर्ष बिदेशमा काम  अनुभव लिए पछि स्वदेश फर्कने सोचनमा रहेको मुस्कुराउदै बताईन्  छेवैमा रहेको साथी प्रितिले पनि अध्ययन सके पछि स्वदेश फर्कनु पर्छ सुजिता। फुर्सदको समय साथीहरु संग बरालिन र रमाईलो गर्न ठमेल तिरको क्याफे तिर जाने गर्छौ । किन ठमेल जानु हुन्छ मैले प्रश्न गरे। सुजिता र प्रिति हाँस्दै मामा जी हामीलाई सिंगापुरको ओचर्डरोड र बुगिज तिरको जस्तो वातावरण लाग्छ । दुबै जनाले एकै चोटि उत्तर दिए। सिंगापुरे भान्जा भान्जीहरु ले २००७ सालमा टुडिखेलमा र्र्यालीको आयोजना गरेको थियो । म पनि सहभागि भएकी थिए सुजिताले बताई । नेपाल रमाईलो छ । हामी नेपाल बसेरै संघर्ष गर्नु पर्छ। अन्तिममा सुजिताले भनिन्।  



Thursday, June 8, 2017

SINGAPORE को नागरिक्ता त्यागिन् निरा गुरुङले (D/O 4187) । फर्किन् प्राकृति सौन्दर्यको मुहान हेर्न नेपाल


नाम:- निरा गुरुङ(D/O 4187)

स्थान:- हट ब्रेड महाराजगंज। चोकमा भएकाले दिक्क लाग्दो हर्न बजिरहेका थिए। काम बाट घर फर्कनका लागि बस माईक्रो ट्याक्सीमा यात्रु र पेटीकामा मान्छेहरु सलबलाउदै गरेका देखिन्थे। निरा भान्जी कफि पिउनु हुँदै टेबलमा बसि रहनु भएको थियो। भनेको समय आई पुग्न सकिन् माफ दिनु होला मैले भने। बाहिर जाडो भए पनि क्याफेमा न्यानो थियो। कफि चिया पिउदै गरेका देखिन्थे अन्य टेबल तिर ।  
Date:- 06 April 2013
Time:- 1830hrs
निरा भान्जी संग कुराकानी गर्नका लागि मैले महाराजगंजको हट ब्रेडमा 1830hrs समय र स्थान पक्का गरेको थिए। ०६ अप्रिलका दिन मिस मंगोल प्रतियोगितामा (9330 D/O )मुस्कान लिम्बुले पनि भाग लिएकीले नंम्बरी देबेन्द्र संग  नेपाल आर्मीको अडिटोरिएमा पुग्यौ1400hrs । मिस मंगोलको उपाधी मुस्कान लिम्बुले जितिन्। त्यहाँ बाट टाप कस्यौ म र देबेन् दर्वारमार्गको नाङ्लो क्याँफे तिर। मक्कर साब र मेरो नंम्बरीहरु टेबलमा गफगर्दै रहेछन्। मक्कर साबले मर्स्याङ्दीमा फिसिङ गर्नु भएको फोटो भिडियो हेर्दै समयले गएको पत्तो नै पाएनछु मैले। 1815hrs निरा भान्जीले फोन गर्नु भयो। साब र नंम्बरीहरु संग बिदावरी भई कालो धुवाँको मुस्लो फ्याँक्दै सडकमा गुडेका सवारी साधनहरुलाई उछिन्दै मेरो ज्याङ्ग्राले मलाई 1830hrs कुराकानी गर्ने स्थानमा पुर्र्याएको थियो। 
---------------------------------------------------------------------------------------------------------------------------
निरा गुरुङ (D/O 4187) पाठशाला जाने उमेर भए पनि Mount Vernon भित्र भएको प्लेगाउण्डमा खेलेरै बिताईन्। । छोरालाई मात्र पाठशाला पठाउने प्रचलन भएकाले ।आफूसंग खेल्ने केटा साथीहरु पाठशाला गएको देख्दा। मलाई पनि पाठशाला जान औधी रुची हुन्थ्यो। झोला बोक्दै गएका साथीहरुलाई देखुन्जेल सम्म हेर्थे र  टोलाउदै बस्थे । सिङ्गापुरको केके अस्पतालमा जन्मेकी निरा भान्जी म संग यि कुराहरु भनि रहदा खिन्न भईन्। आफ्नो बाल्यकाल सम्झदा। केटीहरु जति स्कूल पढ्न नपठाए पछि बराण्डामा खेल्थ्यौ । कि प्ले गाउण्ड बाट खेल्दै कामपोङ्को झाडी भित्र छिर्ने रम्बुतान र दुरेनका रुखमा चढने । खोला खाल्सीमा गई फट्याङग्रा पुतली र माछा समात्दै दिनहरु बिताउथ्यौ त्यो बेलामा
फोटो साभार:- फेसबुक निरा


 केटाहरु मात्र पढन जान्थे अनौपचारिक गोर्खा चिल्ड्रेन पाठशालमा । सेवारत मामाहरुले नै पढाउनु हुन्थ्यो। मेरो बाबा गोर्खा चिल्ड्रेन स्कूलमा पढाउने गर्नु हुन्थ्यो। मेरो बाबा शिक्षक भएता पनि छोरीलाई पढाउनु पर्छ भन्ने सोचमा हुनुहुन्न थियो।मेरी आमा भने आफ्ना दुई हुर्कीसकेकी छोरीहरुलाई गोर्खा चिल्ड्रेन स्कूलमा पढाउनु पाए हुन्थ्यो भन्दै छरछिमेकका आफ्ना साथीहरु संग गफगाफ गर्दा भन्नु  हुन्थ्यो ।हामी सुनि बस्थ्यौ। छोरीलाई पढाएर के काम पैईला जानेलाई । काम छैन् छोरीलाई पढाएर। यस्ता उत्तर पाउदा धेरै दुःखी हुन्थिन मेरी आमा । मेरी छोरीहरुलाई स्कूल पठाउछु जसरी भए पनि। पठाउछु पठाउछु भनि अठोट गरिन्। म र मेरी बहिनीलाई गोर्खा चिल्ड्रेन पाठशालमा पढ्न पठाउन थाल्नु भयो। दुई छोरीहरुलाई स्कूल पढाउने आफ्नो त्यो औधी रुचिलाई पुरा गरिन्। आफ्ना छोरीहरु स्कूल गएकी देख्दा मख्ख पर्थिन्  मेरी आमा तर आफ्ना छिमेकीहरुले त्यो मख्ख परेकी देख्दा खिसी टिउरी गर्दथे कुरा काट्थे।

मैले गोर्खा चिल्ड्रेन स्कूलबाट अनौपचारिक शिक्षा पढाई पुरा गरे पछि आमाले मलाई लगिन भर्ना गर्नको लागि प्ले फेएर प्रार्थमिक विधालयमा। जाँच लिए पछि कक्षा चारमा भर्ना गरि दिए प्ले फेएर स्कूलले । उक्त बिधालयमा नेपाली छात्रा म मात्र थिए। उत्साह उमंग थियो बाहिर स्कूल पढ्न जानु पाउदा म आफैलाई र मेरी आमालाई पनि उत्तिकै। अतिरिक्त कृयाकलापमा एथलेक्टिसमा भाग लिन्थे। प्रार्थमिक बिधालयमा अध्ययन गर्दाका क्षण सम्झनु पर्दा। उहाँले भनिन् Governmentको N अक्षर छुटाउदा शिक्षकले पेन्सील मेरो दाहिने हातमा राखि च्यापि दिदा को। त्यो दुःखाई अझै सम्झदा पनि दुःखेको बताईन्। 
                                                            फोटो साभार:- फेसबुक निरा


अन्तर सेकण्डरी स्कूल खेलकुद प्रतियोगितामा प्ले फेएर स्कूलको प्रतिनिधित्व गरि हडल र ४०० मिटर ईभेन्टमा भाग लिदा सधै स्वर्ण पदक जितिन्थ्यो। रमाईलो थियो मेरो बिधार्थी जीवन भन्दै प्रफुलित हुँदै सुनाईन्। Mount Vernon Secondary School बाट सन् १९७३ सालमा ओ लेवल उतिर्ण गरे। Saints AndrewबाटJC १९७४/७५पुरा गरे ।१९७६/७७मा स्नातक अध्ययन समाप्त गर्न साथ निजामती सेवा पिपुल्स एक्सन मा सचिव पदमा काम गर्न थाले । आफ्नो युनिभर्सीटि अध्ययन कालखण्डमा पत्रमित्र गरेका बिभिन्न देशका मित्रहरु सिङ्गापुर आउदा उनीहरु संग घुमघाम गर्दाका तस्विरका एल्बम ब्याग बाट झिक्नु हुँदै पलटाउन थाल्नु भयो।बिगतका खिचेका रमाईला तस्विरहरु देखाउदै मलाई भनिन्। बिगत हाम्रो यस्तो थियो सिङ्गापुरमा। बिगतको सिङ्गापुरको भूगोल र भौतिक संरचना र सामाजिक रहन सहन मेरो लागि ति फोटोहरु नियाले पछि ईतिहास भयो।

बाल्यकालमा ७ स्टोन खेल धेरै खेलिन्थ्यो। हरेक आईतबार साझको ७ बजे ड्रिल सिडमा Black&White भिडियो हेर्नका लागि सुकुल लगेर बसिसकेका हुन्थ्यौ।Evening Walkमा आन्टिहरुको पछिपछि गफ सुन्दै हिड्दाको मज्जा अर्कै हुन्थ्यो ति झम्के साँझमा । आन्टिहरु लुंगी लगाएर जानेथे किनमेल गर्न । हामी पनि पच्छ्याउदै जान्थ्यौ। सिङ्गापुरमा ब्याण्डितहरुको बिगबिग थियो। सुरक्षामा खतरा भएकोले आन्टीहरुलाई बाहिर धेरै नजानु भन्थे। दशै चाडमा मार हेर्नु टिका लिन टिकाघर जानु। नयाँ लुगा लगाउनु र दशैको साँस्कृतिक कार्यक्रममा भान्जाहरु ड्रम र गीटार बजाउथे। हामीहरु भान्जी टोलीहरु नेपाली तथा हिन्दी गीतहरु गाना गाउथ्यौ र परेड स्वायरमा दशै उत्सव मनाउन भेला भएका मामाहरुलाई र आन्टिहरुलाई । हामीले भरपुर मनोरञ्जन दिन्थ्यौ। मामाहरु दशैको उत्सवमा बियर पिएर मातेर बस्थे नाँच्थे उबेलामा । तिहारमा हामीले भैलो र देउसीका गीत साथै  नेपाली गीतहरु अभ्यास गर्थ्यौ । आफ्नो आफ्नो समुदायको जातित्व पहिरण लगाई तिहारमा मादल बजाउदै आन्टिहरुको ढोकामा देउसी र भैलो भट्टयाउथ्यौ। दक्षिणाको साथमा सेलरोटी पनि दिन्थे ।
                                                       फोटो साभार:- फेसबुक निरा


सिंगापुरमा घुमघामका लागि कहा जानु हुन्थ्यो भनि सोधे। निरा भान्जीले अर्को फोटो एल्बम निकाल्नु भयो। म्याक्रेजी रिजभरHaw Per Villa ,Sentosa, East Cost Park, Singapore Zoo र Bukit Timah Hill  साथीहरु संग हाईकिङ गरेका फोटो हेरि सके पछि जवानाको सिङ्गापुर हेर्न पाए मैले भने। उहाँ मुसुक्क हाँस्नु भयो । खानपिन सम्झनु पर्दा उहाँले बताईन् । सिंगापुरमा ओहो खानाको बारेमा सम्झदा भाई कति हो कति चाईनिजको पोर्क राईस चिकन राईस मलेको रोजाक र नासिक लेमाक र ईन्डियनको रोटीपरट्टा खानाका लागि हामी लिटल ईन्डिया रोडमा जान्थ्यौ अनि लड्डु र जेरी पनि।

आफू जन्मेको हुर्केको खेलेको पढेको काम गरेको देशमा सबै चिजहरु कृतिम लागेको महसुस हुन थाल्यो । समय संग हिड्नु पर्ने काम गर्न पनि जाँगर नलागेको महसुस हुन थाल्दै जान लाग्यो। प्राकृतिक सौन्दर्यको देश अर्गानिक खान्की र स्वच्छ वतावरणमा रमाउन नेपाल फर्किने निर्णय साथीहरुलाई सुनाए। साथीहरुले नेपाल नजान आग्रह गर्दा पनि आफ्नो देश नेपाल फर्कने सोच बनाई छाडे र सन्१९७९डिसेम्वर महिनामा नेपाल फर्किए। सिंगापुर  छोड्नु अगिल्लो रात कस्तो भावना जागृत भएको थियो मैले प्रश्न गरे। कति बेला नेपाल पुग्ने । यो रात नभईदिएको भए म बिमान चढेर नेपाल पुगि सक्थे होला । मेरो दिमागमा नेपाल घुमिरहेको थियो। ममा छटपटी हुँदै थियो कति बेला नेपाल पुगौ पुगौ भनेर। अँह फिट्टिक्कै केहि सोचिन् केवल नेपाल मात्र।

 Singapore Changi Airport मा बिदाई गर्न आएका साथीहरु संग अंगालो मारि रहदा। अव तिमी हामी कहिले नभेटिने र नदेखिने भयौ भन्दै सबै साथीहरु भने। यो भनाई सुने पछि मेरो परेलीमा आँसु रसाएको थियो । मन भारी भएर आएको थियो।सबैको गला अवरुद्ध भयो आँसुले। आफ्नो आत्मियता साथीहरुलाई छोडेर आउदा दुःखको अनुभव भएको थियो  बल्ल बिमान स्थलमा। अहिलेको जस्तो काठमान्डु थिएन् त्यस बेला म आउदा। बिमान बाट त्रिभुवन बिमान स्थलमा ओर्लदा स्वच्छ चिसो वातावरण थियो। घमाईलो घाम लागेको थियो। फ्रेस भएको अनुभव गरे।  बिमान स्थल बाट अध्यागमन तिर हिडेर आउदा हर्षले बिभोर भएकी थिए।

ट्याक्सी चढेर घर जादै गर्दा वरिपरि पाताल बस्ति देखिन्थे। त्यस बेलाको घरको बनौट देख्दा रमाईलो  लागेको थियो। काठमान्डुमा एक हप्ता बस्दा किनमेल गर्न आफन्त संग गए। कोपी रायोको साँग फर्सी स्कुस् एकदमै ताजा तरकारीहरु देख्दा अनि किन्न पाउदा खुशीको सिमानै नाघेको थियो । गाउले जीवन बुझ्न उत्सुक्ता ममा कौतुहल बढ्दै थियो र राजधानीको एक हप्ते बसाई पश्चात। म मेरो बाबाको जन्म थलो लम्जुङ तिर लागे। पहिलो पल्टक आफ्नो गाउमा पाईला टेक्न पाउदा खुशीले गदगद भए । बिहानै उठ्दा मैले देखे। हिमालमा सूर्योदय र सूर्यास्त हुँदाका देखिने आकृतिले म लठ्ठै भएकी थिए। गाउमा तीन महिनामा बसेको थिए। डोको बोकेर खरवारीमा पुगे घास काँट्न। दाउरा तुलाउन गए जंगलमा। गाईबाख्रा चराउन लागे बनतिर। गाग्री लिएर  पधेरा पानी भर्न गए। घर लिपे। मही पारे। दुध दहि ध्यू को फ्रेस स्वाँद लिए। च्याख्लाको भात संग रायोको साँग खादाको स्वाँद। रोधी बस्न पनि गए। अहिले सम्म रोघीको सम्झना अझै मेरो दिमागमा बसिरहेको छ। गाउमा तीन महिना बसे पछि राजधानी फर्किए। गाउमा देखेका भोगेका कुराहरु सर्लक्कै सुनाए फोन गरि सिङ्गापुरमा भएका बहिनी र भाईलाई। अव तिमीहरु पनि सिंगापुर बस्ने होईन् छिट्टो आउ नेपाल भने ।

यति ट्राभल कम्पनीमा काम गर्न थाले। नेपाल आउदा म सिंगापुरका नागरिक थिए। नेपाल बसाईमा भिषा थप्दै बसे। भिषा थप्दिने काम यति ट्राभलले गर्दिन्थे। समय बित्दै थियो। त्यस पछि मैले  सिंगापुरको नागरिक्ता र राहादानी फिर्ता गरे र नेपाली नागरिक्ता लिए। मैले सोधे सिंगापुरको नागरिक्ता फिर्ता गर्दा थकथक लाग्दैन् प्रश्न नसकिदै भनिन् हाँसेर सजिलै उत्तर दिईन् म सिंगापुरमा जन्मे पनि मेरो बाबा आमा नेपाली हुन्। तसर्थ कुनै फिक्कर लाग्दैन्। मैले जे गरे ठिक गरे। म खुशी छु। नेपाल प्राकृतिक सौन्दर्यको मुहान हो। यहाँको भूमिलाई बयान गर्न सकिदैन।नेपालको हिमपर्वतमाल जारकोशे झाडी। यहाँका नदीनाला खोला पोखरी दह। टारबारीहरु कान्लाहरु अनि बस्तीहरु यस्तो  रमाईलो छ। नेपाल यति सुन्दर छ तर नेताजीहरुले जनतालाई परिक्षणको भाडो बनाए।
                                               फोटो साभार:- फेसबुक हिरा
           बाँया बाट बहिनी हिरा बिचमा दिदी निरा। ललितपुरको चिडियाघर 

 तीन वर्ष यती ट्राभलमा काम गरे । त्यस पछि निरन्तर INGO मा मुख्य कार्यकारीको कार्यभार सम्महाली काम गरिरहेकी छु। नेपाल बसाईमा किनमेल गर्न जादा होस वा अन्य कतै घुमघाम जादा भाषामा शुरुका दिनहरुमा मैले धेरै कठिनाई अप्ठ्यारो भोगेको थिए। त्रिभुवन विश्व बिध्यालयमा आर्ट बिषय लिई अध्ययन गरे । नेपाली बिषयमा दुई बर्ष सम्म अनुतिर्ण भए पनि मैले हरेस खाईन्। एम ए उतिर्ण गरि छाडे। सिंगापुरे भान्जा भान्जीका लागि बिदेशमा बस्नु भन्दा आफ्नै देशमा बसेर काम गर्दाको आनन्द अर्कै हुन्छ। प्राकृतिक सौन्दर्यमा रमाउनु। चाडपर्व ऋतिरिवाज र आफन्तहरु संग  बस्नुको आनन्द बेग्लै हुन्छ। कुराकानी गर्दे गर्दा उहाकी बहिनी हिरा आउनु भयो । मैले निरा भान्जी संग यतिमै गफगाफ समाप्त गरे। हिरा भान्जी संग कुराकानी गर्न थाले।  








HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...