१५ जनवरी २००७
१२ अप्रिल २००८
अब नफुल्ने
रे........?
कविता
जिवन मुकारुङ
सिंगापुर
अब नफुल्ने
रे........?
सयपत्री अनि
मखमली
नझर्ने रे
....... चम्पा र चमेलि.....
सुनाउछ पिडा
........
हिँउ फुलेका
कपाल आगो नबलेको अगेनामा
झीनो आसाको मुडातापेर.......
एउटा बृद बुढा
बग्छ ........?
नानी .....?
आस्था सुकाउने
गलैचामा ;
बिद्रोहको
मुर्छुनाले आस्थानै उठीबास
खुईया मार्ने
फलैचामा
मर्म रोप्ने
संगिन टुसाउदा उता रोघिर सेलो
एता धान नाच र
साकेवा सिलीको रुवाबास
करेसाकोत के
कुरा आगनमै रानिबन
कैले फुल्ला
सयपत्री र मखमली
कैले नघुर्नेरे
चम्पा र चमेली
बुढो मान्छे
परान छुटाउछ हाँसेको
फेरी सम्हालिन्दै
बोल्छ
नानि सुन्दैछु
उडन्ते खबर
मखमलीको
बास्नामा दुर्गन्ध मिसीएकोछरे
सयपत्री को
मीठो पलक्मा त्रास्दी पुर्ण झलक
टाँसिएकोछरे
थियो मानब्ता
चम्पाभीत्र
थियो कोमलता
चमेली सित
यघपि
त्यो क्यनभासमा
अटाईनन्की दुईटी
सुनिन्छ अर्कै
अर्कै कुरा
कुकुर अनि
बुवाँसो हरुको नगरीमा
ल्याम्पोश्ट
मुनी अघिकारको बत्ति देखेर
चुक घोप्टिएको
रात उसै भ्याट ले पोसीएको
हरियो सडकमा
कतै
पाईला
रोप्दैछकी मोहत्वको
कतै
पर्म गर्दै छ
की दोहोरी रेश्टुरेन्ट मा बाध्यताको
खई कैले फुल्ने
सयपत्री अनि मखमलि
खोई कैले
फिर्ने चम्पा र चमेली गाँउ पिडामा
छ..........
१६ जनवरी २००७
फुलमाया को मन
कविता
जिवन मुकारुङ
सिंगापुर
कुन्नी को को
आउन थाल्यो जुन को तरेलीमा
झुक्याऐर टारि
दिऊकी राखुँ परेलीमा
शहरको मान्छे
होला आयो परदेशि भैइ
गाँऊ बेशीको
फुल टेकी जाने भमरा झै
कुन साइनोले
बल्छी खेलु यस्तो जवानीमा
झुक्याऐर टारि
दिऊ की राखुँ परेलीमा
फुल टिपी
लान्छु भन्छ आफ्नै आगनिको
उस्को बचन साँझ
बिहान मेरो शिरानी भो
कस्लाई सोधुँ
शित्तल छ की उस्को चौतारीमा
झुस्याऐर टारी
दिऊकी,राखुँ परेलीमा
२७फ्रेवरी २००७
सम्झना ले मुटु
पोल्छ,
कविता
जिवन मुकारुङ्
सिङ्गापुर
सम्झना ले मुटु
पोल्छ,
गोघुलीको घाम टर्दा,
पखेरोमा
ओइलीन्छुकी,
निस्ठुरी ले
छोडी जादा,
दोबाटो नै मेरो
आगन्,
बटुवाले पानी
माग्यो,
गाग्रो पनि रित्तो
थियो,
छपनिले साइनो
गास्यो,
प्यास लागी पानी
माग्दा,
दया जाग्यो छाती
भित्र,
किन खोले मन को
कुरा,
बेशी झरी जाने
सित
७अप्रिल २००८
नयाँ बर्ष २००६५ लाई खबर ?
कविता
जीवन मुकारुङ
सिङ्गापुर
नयाँ बर्ष तिमी
.......?????
एक थोपा पानी
भएर आउनेकी
हजार थुङ्गा
फूल
एक थोपा पसिना
भएर आउनेकी
हजार फाल्शा
खुन
अलीनो मनहरुमा
नुन भएर आउनेकी
सिंहदरवार को
जून |
तिम्रो खातिर
.....
रातो रातो,निलो
निलो, बोलिरहेका
लेकाली रानी
चरिहरु
कालो कालो, गहिरो
गहिरो, भोगी रहेका
तराइमा बट्टाई
का चल्लाहरु
हरियो हरियो, सेतो
सेतो, खोजिरहेका
चिल्लो पजेरो
चढने,जागिरेहरु |
तिम्रो आगमनमा ...
सबै सबै तयार
छन्
तयार छन,सुनाखरी
लालिगुराँस
तयार छन,डाँफे
र मुनाल
सम्भवत ...
तिम्रो लागि सबै सबै
नौलो हुनेछ
किन कि ...?
उहिले जस्तो
रोल्पामा मान्छे ढल्ने छैनन्
परार जस्तो
तुषारोले घाऊ धुने छैनन्
पोर जस्तो पहाडमा गुराँस
रुने छैनन्
अस्ति जस्तो
सडकमा टायर् बल्ने छैनन्
हिजो जस्तो
सिम्मा ठुलेहरु अब गल्ने छैनन्
सबै सबै नौलो
हुनेछ ..
तिमी छिर्ने
बाटोका कसिङ्गार अब हुने छैन्
जिन्दाबाद
मुर्दाबादका पमप्लेट अब हुने छैन्
हुने छ ..?
संबिधान सभाको
चुनाव सकिएको ब्यानर
देखिनेछन लाखौ
खुशीका छालहरु
अनि ..?
बतास भएर
शहीदहरु बोल्नेछन्
हाम्रो दृष्यरुमा राप थपिएको
छ
हाम्रो
मांशपेशीहरुमा ताप थपिएको छ|
बतास ले ..?
सेतो मलेवाहरु
छोड्नेछ
कोही तराइ तिर
पस्ने छन्
कोही पहाड तिर
बस्ने छन्
कोही अख्तियार
भएर डस्ने छन्
तिम्रो आगमन
सँगै ...?
लेकाली रानी
चरिहरु स्वागत गाउँने छन्
तराईमा बट्टाईका
चल्लाहरु अधिकार बाल्ने छन्
चिल्लो पजेरो
चढने जागिरेहरु के गर्छन् कुन्नी
...?????
नयाँ बर्ष तिमी
...?
एक थोपा पानी लिएर आउँदैछेउ
कि
हजार थुङ्गा
फूल
एक थोपा पसिना
लिएर आउँदैछेउ कि
हजार फाल्सा
खुन
अलिनो मन हरुमा
नुन लिएर आउँदैछेउ कि
सिंहदरवार को
जून।।???
०५मार्च २००७
गीत-गजल
जीवन मुकारुङ्
घाम प्यारो
लाग्दा लाग्दै दिन ढली दियो
पुग्नु थियो
मायां को गाऊ साझै परी गयो
धेरै थियो मन
को कुरा भन्न नपाइ मरिन्छ की
सांझ परी आसु
बग्दा सागर पो भरीन्छ की
चाहानाको डोरी
मन मा गांठो पर्ने भयो
पुग्नु थियो
मायां को गांऊ सांझै परी गयो
हृदय भित्र
फुल्ने फुल फुल्ने होकी पहरामा
मुटु भरी मायां
सांच्दा पोखीन्छ की छहरामा
किन होला घाम डुब्दा
मन धेरै रोयो
पुग्नु थियो
मायां को गांऊ सांझै परी गयो
२५ मार्च २००७
२५ मार्च २००७
घाम प्यारो लाग्दा
गीत-गजल
जीवन मुकारुङ
घाम प्यारो
लाग्दा लाग्दै दिन ढली दियो
पुग्नु थियो
मायां को गाऊ साझै परी गयो
धेरै थियो मन
को कुरा भन्न नपाइ मरिन्छ की
सांझ परी आसु बग्दा सागर पो
भरीन्छ की
चाहानाको डोरी
मन मा गांठो पर्ने भयो
पुग्नु थियो
मायां को गांऊ सांझै परी गयो
हृदय भित्र
फुल्ने फुल फुल्ने होकी पहरामा
मुटु भरी मायां
सांच्दा पोखीन्छ की छहरामा
किन होला घाम
डुब्दा मन धेरै रोयो
पुग्नु थियो
मायां को गांऊ सांझै परी गयो
१२ अप्रिल २००८
सोल्टिको झिल्के बोलिमा
गीत
जीवन मुकारुङ ,सिंगापुर
केटा---मयुर
जस्तै राम्री छेउ,
बुट्टे चोलिमा,
मोहनी पो छ कि
लौउ,
तिम्रो बोलीमा,
सराङ ढुङ्गे गाउँ..?
हुन्छ भने
सोल्टिनी,आजै भागी जाउँ?
केटी---डाँफे
सारी सुहाको,ढाका,टोपिमा ,
संका लाग्यो
सोल्टीको,झिल्के बोलिमा,
बिरानो त्यो ठाउँ?
डर लागेउ सोल्टि
ज्यु ,सराङ ढुङ्गे गाउँ ..?
केटा---रबी बजार
धाउन लाई,थकाई लागेन ,
झझल्कोमा त्यो
रुप,कैले भागेन ,
किन डर लागेउ..?
यो आँखाँले
सोल्टिनी,लान कर गरेउ ..?
केटी---धेरै आए
फूल दिने,टारी पठाए ,
अर्कै तिर त्यो
नजर,सारी पठाए,
दुख्ला भावना?
अर्कै फूलमा
सोल्टी ज्यु,छकी चाहना,
केटा---माइखोलाको किनारमा,थापी फड्के
पुल
तारी ल्याए दिन
लाई,माया मनको फूल,
हातमा नसारे..?
पापै लाग्ला
सोल्टिनी,शिरमा नलाए,
केटी---मुन्धुम
मिले त्यो पुल तरी जाँउलानी,
मन कै फूल हो
भने,शिरमा लाउँलानी,
माया मोह लाई ..?
साँची राखौ
सोल्टी ज्यु,जुनी भरी लाई |
केटा---मयुर
जस्तै राम्री छेउ,बुट्टे चोलिमा ,
मोहनीपो छ कि
लौउ,तिम्रो बोलिमा ,
सराङढुङे गाउँ..?
मन मिलेउ
सोल्टिनी ,अब भागीजाउ?
केटी---डाँफे
सारी सुहाको ,
ढाका टोपिमा ,
संका लाग्यो
सोल्टिको झिल्के बोलिमा ,
जान्न भागेर ..?
मनै परे सोल्टी
ज्यु ,लैजाउ मागेर ।