Total Pageviews
Tuesday, April 26, 2016
Monday, April 25, 2016
Bheri River
भेरीनदीको असला माछा
शनिवारको दिन थियो । सुर्खेत बजारको गणेश चोक बाट मामा भान्जा भटभटे बाट भेरीनदीको असला माछा महाजालमा अड्काउने अनि टागोमा झुड्याउने साथै रमाईलो गर्नका लागि हुँईकियौ। भटभटे चालक म भए मामा पछाडी बसेर नेभिगेटर साथै मेरो लागि टुरगाईड बनिदिनु भयो। घुम्ती र घना सालघारीको रमणिय वतावरणमा रमाउदै प्रति घण्टा ३०किलो मिटरको रफतारमा ४५मिनेटमा भेरीको बगरमा हाम्रो च्याँङ्ग्राले आराम पायो। सूर्यको किरण भेरीनदी पारी पाखाको घटीघाटी पुग्दै थियो। भेरी नदीमा महाजाल फालीसक्दा गोधुली साँझको संकेत दिई सकेको थियो। यसै समयको मौका छोपी पारी पट्टी पनि माछा मार्ने टोली जालमा ड्रम बाँधेर फाल्दै गरेको देख्दै थियौ। महाजालमा अब असला माछा मुठीभरी अल्झिने छ भन्दै भेरीनदीले चाल नपाउने तरिकाले मामा भान्जा टाँगामा बल्छी मिलाउदै गफियौ ।
चिसो र शान्त वतावरणमा भेरीनदीको गति संगै हाम्रो बल्छीले पौडी खेल्न थाल्यो तर अँह एक घण्टा बितिसक्दा पनि असला माछा तर्सेर होकी वा कुरबसेको जस्तो लाग्यो। टाँगोमात अल्झिएन पक्कै पनि महाजालमा झुण्डीएका होलान् भन्दै बल्छी र टाँगो प्याँगकिट गर्यौ। चुक पोखिएर बनेको रंगमा सन्ध्याले उपद्रो मच्याए पछि मामा भान्जाको हेडलाईटको प्रकाशले महाजाल गछुवा गतिमा भेरीनदीको चाल बाट डिभोर्स गराएर बालुवा मैले तान्दै मामा ज्यूले असला माछा नियाल्दै गर्नु हुँदै गर्दा थहा नपाई रित्तो जालको प्वाँल सबै बालुवा निक्लि सकेछ। निरास भएर मामा भान्जा भटभटेको तागत लिएर भेरीनदीको पुलै छेवैमा थापेको पसलमा मुठीभरीको २ वटा माछा धिब्रीको प्रकाशले अगेनामाथी झुण्डिराख्याँ देख्यौ । फ्याँटफुट ट्रक उकालो र ओरालो गर्दै दगुर्ने वाहेक माहोल सुनसान थियो। मामा ज्यूले एक बोटल टुवोर्ग र मैले चियाको सुर्का संगै असाला माछाको भुटुवा लाई ठिकठाक पार्यौ। मेरो लागि फर्किदा बाटो बिरानो भईसकेको थिएन्। त्यसैले मैले भटभटेको गतिलाई ५५ र ६०को रफतारमा भेरीनदीलाई पछाडी सुर्खेत बजारलाई अगाडि बनाउने क्रममा ३०मिनेटमा गणेश चोकमा आईपुग्यौ।
Subscribe to:
Comments (Atom)
HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी
23FEB 2024 काठमाण्डु - नवलपरासी DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...









